बैशाख २७, २०८१, बिहीबार
               

नेपालमा नयाँ भेरियन्ट भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको बताएको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । स्वास्थ्य मन्त्रालयद्वारा जारी सो विज्ञप्तिमा नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको उल्लेख छ । 

बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।

त्यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  पनि नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको बारेमा जानकार नरहेको बताएको छ। नेपालस्थित डब्लुएचओको कार्यालयले ट्वीट गर्दै हालसम्म नेपालमा अल्फा, कप्पा र डल्टा भेरियन्टमात्रै देखिएको प्रस्ट पार्दै सो बताएका हुन् । 

यसअघि बेलायती पत्रिका डेली मेलले पोर्चुगलमा कोरोना भाइरसको 'नेपाल भेरियन्ट' भेटिएको दाबी सहित समाचार प्रकाशन गरेको थियो । डेली मेलले प्रकाशन गरेको उक्त समाचारलाई बीबीसीलगायत अन्य मिडियाहरुले पनि कभर गरेका थिए । तर, हालसम्म कुनै जानकारी नभएको डब्लुएचओले जनाएकाे हाे । 

यो पनि