बैशाख १५, २०८१, शनिबार
               

अक्सिजन अभावका पोखरामा सात संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

पोखरा : अक्सिजन आवश्यक मात्रामा आपूर्ति नभएपछि पोखरामा सात जना संक्रमितको ज्यान गएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरामा अक्सिजन अभावमा सात जनाको मृत्यु भएको हो । अस्पतालमा हाई फ्लोको अक्सिजन आवश्यक रहे पनि सो हुन नसक्दा एक रातमै उनीहरूको मृत्यु भएको हो ।

पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको तर अक्सिजन आपूर्ति अनियमित भएकोले समस्या परेको अस्पतालको भनाइ छ ।

क्षेत्रीय अस्पतालमा ८० बेड क्षमताको आइसोलेसनमा बिरामीको उपचार भइरहेको छ । विरामीको चाप बढेपछि बिहीबारदेखि प्रतिदिन तीन सय ८० वटासम्म सिलिन्डर आवश्यक भएको छ । 

प्रदेशकै ठूलो सरकारी अस्पताल भए पनि उसको आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखराका निजी उद्योगबाट अक्सिजनको जोहो गर्दै आएको छ ।

अक्सिजनको अभावमा मृत्यु हुनेमा तनहुँका ३ जना, म्याग्दी, पर्वत, कास्की र स्याङ्जाका १/१ जना छन् ।


कस्तो लाग्यो ?

यो पनि