मंसिर ०१, २०८१, शनिबार
               

पूर्वराजा शाह डिस्चार्ज

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

काठमाडौै । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएका छन् । नर्भीक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार कोरोनामुक्त भएका हुन् । उनी कोरोनामुक्त भएसँगै उनी केहीबेर अघि डिस्चार्ज भएका हुन् । 

शाह  कोरोना संक्रमण भई १९ दिनअघि नर्भीक अस्पतालमा भर्ना भएका थिए । उनीसँगै पूर्वरानी कोमल  र छोरी पूर्व अधिराजकुमारी प्रेरणा पनि भर्ना भएका थिए । 

पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै छिन् ।

अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो । कोमलको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि