बैशाख १७, २०८१, सोमबार
               

पूर्वराजा शाह कोरोनामुक्त

नेपाल फ्ल्यास
बैशाख २८, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणबाट मुक्त भएका छन्। नर्भीक अस्पतालमा उपचार शाहको दुई दिनअघि गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै कोरोनामुक्त भएका हुन् । 

रिपोर्ट नेगेटिभ आए पनि शाहलाई अक्सिजनको सहायतामा उपचार जारी राखिएको थियो। तर अहिले स्वास्थ्यमा सुधार आएपछि अक्सिजन दिन छाडिएको नर्भीक अस्पतालले जनाएको छ। शाहको अवस्था अहिले सामान्य रहेको पनि अस्पतालले जनाएको छ।

त्यसैगरी, पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाइएको छ। उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

यो पनि