जेठ ०२, २०८१, बुधबार
               

कोभिड-१९ विरुद्धको खोपलाई प्याटेन्टमुक्त बनाउने अभियानलाई बाइडेनको समर्थन

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति अधिकारबाट मुक्त राख्ने कुरामा समर्थन जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले कोरोना खोपलाई प्याटेन्टमुक्त बनाउने गरी विश्व व्यापार संगठन(डब्लुटिओ) मा अघि बढाइएको अभियानलाई समर्थन जनाएका हुन् ।

कोरोना भाइरस विश्वमा महामारीका रुपमा फैलिरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले जनाएको समर्थनलाई महत्वका साथ हेरिएको छ । 

अमेरिकाको पछिल्लो निर्णयको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पनि स्वागत गरेको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले विश्वस्वास्थ्यप्रति संवदेनशील हुँदै राष्ट्रपति बाइडेनद्वारा गरिएको ऐतिहासिक निर्णय भएको प्रतिक्रिया दिएका छन् । यो निर्णयले अहिलेको कठिन परिस्थितिमा सबैलाई राहत मिल्ने पनि उनको भनाइ छ ।

यसअघि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायत र युरोपेली युनियनले कोरोना खोपलाई सर्वाधिकारमुक्त बनाउन नहुनेमा अडान राख्दै आएका थिए ।

भारत, दक्षिण अफ्रिका र ब्राजिललगायतका देशले कोरोना खोपलाई प्याटेन्टमुक्त बनाउनुपर्ने माग गर्दै आएका थिए । अमेरिकाले भारत र दक्षिण अफ्रिकाले विश्वव्यापी रुपमै कोरोना खोपको उत्पादन वृद्धिमा काम गर्नसक्ने भन्दै उक्त प्रस्तावमा समर्थन जनाएको हो ।

डब्लुटिओका १६४ सदस्य राष्ट्रहरुले यसबारेमा निर्णय गर्न केही समय लाग्ने विज्ञहरुको भनाइ छ । अहिलेसम्म डब्लुटिओका करिब ६० मुलुकले यस विषयमा समर्थन जनाइरहेका छन् ।

अहिले विश्वमा विभिन्न मुलुकले उत्पादन गरेको खोप अभियान चलिरहेको छ । अमेरिकामा मोर्डना र फाइजर–बायोएनटेकले निर्माण गरेको खोप लगाइँदैछ । त्यस्तै विश्वका विभिन्न मुलुकमा अक्सफोर्ड–एस्ट्राजेनेका, रुसी खोप निर्माता गामालेयको स्पुतनिक–५, चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेललगायतका खोप प्रयोगमा ल्याइएको छ ।

यो पनि