बैशाख १५, २०८१, शनिबार
               

न्याय परिषद् सदस्य निरौलाको कोरोनाका कारण निधन

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौँ । न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । उनको मंगलबार काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौँको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्तासमेत हुन् ।


कस्तो लाग्यो ?

यो पनि