चैत १६, २०८०, शुक्रबार
               

कोरोनाबाट सेती प्रादेशिक अस्पतालमा ६ जनाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र वडा नं १३ का २२ वर्षीय युवा छन् ।

महिलाको आज बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका हुन् । यसै गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएका दार्चुला, मालिकार्जुन गाउँपालिका –८ का ६६ वर्षीय पुरुषको पनि अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजे मृत्यु भएको थियो ।

यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका –१२ घर भएका ७१ वर्षीय पुरुषको अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको उनको आज बिहान ३ बजे मृत्यु भएको हो ।

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि यही वैशाख १४ गते एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएर इमर्जेन्सी वार्डमा उपचार हुँदै गर्दा सोमबार राति साढे १० बजे मृत्यु भएको जनाइएको छ । सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पिसीआर रिपोर्ट पोजेटिभ देखिएको उनको राति २ बजे उपचारका क्रममा उनको मृत्यु भएको  जोशीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि