सुनसरी । सुनसरीमा एकै परिवारका सात सदस्य कोरोना संक्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
इनरुवा नगरपालिका–३ का एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन् । संक्रमितमध्ये बुधबार होम आइसोलेसनमा बसेकी ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो ।
संक्रमित वृद्धाको मृत्यु बुधबार बेलुका भएको बताइएको छ । वृद्धाका छोराको स्वास्थ्यमा पनि गम्भीर समस्या देखिएका पछि अस्पतालमा भर्ना गरिएको छ भने परिवारका अन्य पाँच सदस्य होम आइसोलेसनमा छन् ।