बैशाख १७, २०८१, सोमबार
               

गण्डकी प्रदेशमा दुई संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ र गोरखाका एक/एक हुन् । 

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

ती पुरुषमा वैशाख ८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार उपचारको क्रममा उनको मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि