बैशाख २६, २०८१, बुधबार
               

संक्रमणको दर नरोकिए अवस्था खतरनाक हुन सक्ने मन्त्रालयको आँकलन

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल देखिएको कोरोना संक्रमणको दरलाई रोक्न नसके अस्पतालमा बिरामी राख्ने ठाउँ हुन नसक्ने चेतावनी दिएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको सो विज्ञप्तिमा उल्लेख छ । 

‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलित हुन नदिऔँ, खबरदारी गरौँ ।’

कोरोना संक्रमण रोकथामकालागि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु निर्विकल्प उपाय भएको मन्त्रालयले जनाएको छ ।

यो पनि