जेठ ०५, २०८१, शनिबार
               

बाँकेमा थप एक संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

बाँके । बाँकेमा कोरोना भाइरसका कारण आइतबार थप एकजनाको मृत्यु भएको छ । आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बाँके कोहलपुर–१३ का ५७ वर्षीय पुरुषको  मृत्यु भएको हो ।

वैशाख ४ मा पिसिआार परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।

यसअघि बाँकेमा तीन जनाको मृत्यु भएको छ भने होम आइसोलेसनमा रहेका एक संक्रमितले आत्महत्या गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि