जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट गुल्मीमा एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

गुल्मी । कोरोना भाइरसको संक्रमणबाट गुल्मीमा एक पुरुषको मृत्यु भएको छ । गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए ।

गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै ज्यान गएको बताइएको छ । 

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर अन्तर्गत नयाँ प्रजातिको संक्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ । पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । संक्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् ।


कस्तो लाग्यो ?

यो पनि