जेठ ०५, २०८१, शनिबार
               

विराटनगरमा कोरोनाका कारण दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

विराटनगर । विराटनगरमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा शनिबार उनीहरुको मृत्यु भएको हो । कोभिड उपचार केन्द्रका संयोजक एपोलो भगतका अनुसार शनिबार बिहान विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुष र शनिबार बेलुका करिब ५ बजे विराटनगर महानगरपालिका–१७ की ७० वर्षीय महिलाको मृत्यु भएको हो ।

मृतक महिला शुक्रबार श्वासप्रस्वासमा समस्या भएपछि कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो पनि