बैशाख १७, २०८१, सोमबार
               

अध्यक्ष लोहनीले गरे पूर्वराजदम्पत्तिको स्वास्थ्यलाभको कामना

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराज दम्पत्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष लोहनीले पूर्वराजा ज्ञानेन्द्र र पूर्व बडामहारानी कोमलको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

लोहनी संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको अभियानमा रहेका नेता हुन् ।

श्री ५ ज्ञानेन्द्र तथा कोमल को सिघ्र स्वास्थ लाभ को कामना गर्दछु

Posted by Prakash Lohani on Saturday, April 24, 2021

भारतको हरिद्वारमा भएको महाकुम्भ मेलामा सहभागी भएर पूर्वराजदम्पत्ति अघिल्लो साता स्वदेश फर्किएका थिए । त्यसलगत्तै गरिएको स्वास्थ्य परीक्षणमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमललाई कोरोना संक्रमण भएको पुष्टि भएको थिए ।

पूर्व राजदम्पत्ति उपचारका लागि आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । त्यस्तै पूर्व अधिराजकुमारी प्रेरणा पनि आजै सो अस्पतालमा भर्ना भएकी छन् । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि