जेठ ०५, २०८१, शनिबार
               

टेकु अस्पताल कोभिडका बिरामीले भरिभराउ छ : डा बाँस्तोला

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसियुमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । 

पछिल्लो २४  घन्टामा ती कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।  अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाका अनुसार उनीहरुको मृत्युपश्चात् तनाव सिर्जना भएको छ। २० बेडको आइसियुमा हाल १८ जना संक्रमितको उपचार भइरहेको छ। आइसियुमा रहेका बिरामीको उपचारमा निकै समस्या भइरहेको उनको भनाइ छ । 

डा. बाँस्तोलाले तीन जनाको मृत्युपछि भयाबह अवस्था आउन थालेको भन्दै सामाजिक सञ्जालमा लामो सन्देश नै लेखेका छन् । उपचारकै क्रममा उनीहरूको निधनपछि अब अवस्था खतरातिर गएको संकेतसहित उनले धारणा सार्वजनिक गरेको उनले बताए। 

एकैपटक धेरै विरामीका लागि आईसीयु आवश्यक परेमा टेकु अस्पतालमा  अब उपचार सम्भव नभएको उनले बताए।

‘अहिले २० मध्ये १८ बेडमा बिरामी छन्। त्यसमा उपचार विरामीलाई डिस्चार्ज गरेर नयाँ विरामी राख्ने गरेका छौं,’ डा. बास्तोलाले भने, ‘एकैपटक पाँच जना आइसियुमा राख्नुपर्ने बिरामी आए भने हामीकहाँ अब सम्भव छैन।’

अहिले टेकु अस्पतालका सबै बेड कोभिड–१९ का विरामीले भरिभराउ छन्। नयाँ बिरामीलाई भर्ना गर्न सक्ने अवस्था नरहेको उनले बताए। डिस्चार्ज गर्दै नयाँ बिरामीलाई भर्ना लिइरहेको उनले बताए । 

अस्पतालसँग एक महिनालाई पुग्ने स्रोतसाधन स्टक रहेको बताउँदै उनले अक्सिजनलगायत अन्य स्रोतसाधनले एक महिनासम्म धान्ने गरी स्टक गरिएको बताए।


कस्तो लाग्यो ?

यो पनि