जेठ ०५, २०८१, शनिबार
               

थप दुई हजार ६ सयभन्दा बढीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ६ सय १९ जनामा कोरोना पुष्टि भएको छ । कुल आठ हजार ६६८ जनामा परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

पिसिआर विधिबाट सात हजार ५२५ जनामा र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गरिएको थियो । योसँगै  देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ ।

त्यसैगरी कोरोनामुक्त हुनेको संख्या दुई लाख ७७ हजार १२३ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको छ । 

त्यसैगरी, पछिल्लो २४ घन्टामा कोरोनाका कारण १४ को मृत्यु भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि