जेठ ०५, २०८१, शनिबार
               

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । एक साताअघि भारतबाट आएका सुर्खेतका ३१ वर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भएको छ । शुक्रबार बाँकेमा उपचारका क्रममा उनको मृत्यु भएको हो । गुर्भाकोट नगरपालिका-१३ सुर्खेतका ती युवक एक साताअघि भारतबाट घर फर्किएका थिए।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी नेपालगञ्ज मेडिकल कलेजमा पुगेका थिए।  पिसिआर परीक्षणका क्रममा चैत ३१ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। सोही दिन नै उनी अस्पताल भर्ना भएका थिए।

उपचारका क्रममा शुक्रबार बिहान साढे सात बजेतिर नेपालगञ्जस्थित भेरी अस्पतालमा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि