बैशाख २६, २०८१, बुधबार
               

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी लागेको छ ।

लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाएको, कोभिड–१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको लगायत माग राखी आन्दोलनरत चिकित्सकले बिहीबार उपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

यस्तै, चिकित्सकले प्रतिष्ठानबाट निस्केको फोहोरमैलाको विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वैज्ञानिक व्यवस्थापन हुनुपर्ने, सहज इन्टरनेटको व्यवस्था हुनुपर्ने, प्रतिष्ठानभित्र विद्युत् चोरी गर्नेलाई कारबाही गर्नुपर्ने, आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमै खर्च गर्नुपर्ने, संकायअनुसार आवास उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् । 

दुई साताअघि लगातार धर्ना बसेपछि माघ २६ गते समाज र प्रतिष्ठानका पदाधिकारीबीच भएको वार्तामा समाजको मागलाई सम्बोधन गर्ने आश्वासन दिइएको थियो ।

यो पनि