जेठ ०९, २०८१, बुधबार
               

कोरोना संक्रमणबाट थप ७ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालका आज कोरोना संक्रमबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । आज थप भएका मृतकसहित दुई हजार ४५ जनाले ज्यान गुमाइसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

साथै, पछिल्लो २४ घण्टामा नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार ५५ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७४४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या दुई लाख ६८ हजार २६६ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि