जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाका कारण सुर्खेतमा एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

सुर्खेत । सुर्खेतमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सुर्खेत गुर्भाकोट नगरपालिका -८ का ७४ वर्षीय पुरुषको बुधबार कोरोनाका कारण मृत्यु भएको  हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार उनी खोकी, सास फेर्न कठिनाई र पिसाब कम आउनेजस्ता समस्याबाट पीडित थिए । पुस ७ मा प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचाररत उनको १२ गते स्वाब संकलन गरी परीक्षण गरिएको थियो । 

संक्रमण पुष्टि पछि अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसन आकस्मिक उपचार कक्ष आइसीयूमा भर्ना गरेर उपचार गरेपनि स्वास्थ्य अवस्था भने सुधार नभएको अस्पतालले जनाएको छ। उनले दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोगको पुरानो समस्या भई औषधि सेवन गरिरहेका थिए।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा शव व्यवस्थापनको काम भइरहेको छ। उनीसहित कर्णालीमा परीक्षण गरी संक्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको संख्या २८ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि