जेठ ०४, २०८१, शुक्रबार
               

पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ । कुल ५२२५ जनामा गरिएको परीक्षणपश्चात् उल्लेखित संख्या पहिचान भएका हुन् । जसमध्ये २७३ पुरुष र १५३ महिला छन् । 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६१ हजार १९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७४८ रहेको छ । त्यसैगरी, सक्रिय संक्रमितको संख्या ६०४८ छ ।

यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा आठ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण हालसम्म कुल १८६४ ले ज्यान गुमाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २९, कास्कीमा २६, बाँकेमा २३, दाङमा १९, झापामा १६, चितवनमा १३, रुपन्देहीमा १२, रसुवा र कञ्चनपुरा ११/११ र मोरङमा १० जना कोरोना संक्रमित पहिचान भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि