बैशाख २०, २०८१, बिहीबार
               

बेलायतबाट आएका पाँच जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । बेलायतबाट आएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार हाल उनीहरुलाई राजधानीका  विभिन्न होटेलमा क्वारेन्टाइनमा राखिएको छ । तर,  उनीहरुमा नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भनी यकिन भइसकेको छैन । 

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरिएको थियो । यसरी बसेका मध्ये पाँच जनामा लक्षण देखिएको हो ।  इडिसिडीका निर्देशक वासुदेव पाण्डेले उनीहरुमा नयाँ किसिमको कोरोना भाइरस वा होइन भनी पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्ने बताए । 

‘जिन सिक्विनिङ नगरी बेलायतबाट आएको आधारमा मात्रै उनीहरुलाई नयाँ प्रकारको कोरोना भाइरस भएको भन्न मिल्दैन’ डाक्टर पाण्डेले भने,  ‘तर बेलायतबाट आएकाहरु अथवा उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोनाको लक्षण देखिए भने सचेत रहनुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि