जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट मर्ने हजारौं प्रतिष्ठितको सूचीमा प्रणव मुखर्जीदेखि डा. लिवाङसम्म

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संसारभरी अहिलेसम्म १६ लाख ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश सर्वसाधारण छन् भने केही प्रभावशाली र चर्चित व्यक्तिहरूको पनि कोरोनाका कारण जीवन अन्त्य भएको छ । विशेष गरेर दिर्घरोगी र बृद्ध अवस्थाका व्यक्तिलाई बढी प्रभावित पार्ने भएकाले मृत्यु भएकाहरू पनि अधिकांश उमेर धेरै भएकाहरू रहेका छन् । त्यसैगरी मृत्यु हुनेमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनु पर्ने र कोरोनाभाइरस फैलिएको बेलामा पनि आफ्नो काम रोक्न नमिल्ने जिम्मेवारीमा रहेकाहरू पनि धेरै रहेका छन् ।

झण्डै एक वर्षको अवधिमा एक हजारभन्दा बढी प्रतिष्ठित व्यक्तिहरू, सेलिब्रेटीहरू कोरोनाको शिकार भएका छन् । कोरोनाका कारण निधन भएर विश्वभरी चर्चा भएका व्यक्तिहरूको सूचीमा चिनियाँ चिकित्सक लिवाङ उडोङको नाम सबैभन्दा पहिला आउँछ । उनी कोरोनाका कारण जीवन गुमाउनु परेका पहिलो चिकित्सक हुन्  । उनको जनवरी २५ मा चीनको हुवेइमा निधन भएको थियो । चीनबाट सुरु भएर केही समय चीनमा मात्रै फैलिएको कोरोनाका कारण जनवरी २७ मा चीनको हुङशीका पूर्वमेयर याङ सिआबोको पनि मृत्यु भयो । 

फेब्रअरी ७ तारिखमा विश्वभरी अर्को दुःखद खबर फैलियो । कोरोनाभाइरसको सबैभन्दा पहिला पहिचान गर्ने चिकित्सकको कोरोना संक्रमणबाटै मृत्यु भयो । कोरोनाको मुहान मानिएको उहानबाट आएको यो खबरले विश्वलाई थप चिन्तित बनायो । जसले कोरोना पत्ता लगाएको थियो, उसैले कोरोनाका विरुद्धमा औषधि पनि पत्ता लगाउला भन्ने धेरैले आशा गरेका थिए । उनको निधनले धेरैलाई निराश र दुःखी पनि बनायो । 

कोरोनाका कारण शीर्ष नेताहरूको निधनको क्रम भने इरानबाट सुरु भयो । महामारीबाट अत्यन्त प्रभावित भएको इरानका पूर्वउपराष्ट्रपति मोहम्मद मिरमोहम्मदीको फेब्रुअरी २९ मा निधन भयो । टर्कीको सेनाका पूर्वकमाण्डर एटाक यल्मान मार्च १५ मा कोरोनासँग पराजित हुनुभयो । 

त्यसैगरी फ्रान्सका पूर्वसिनेटर निकोलस अल्फोन्सी, बुर्किना फासोका दोस्रो उपराष्ट्रपति रोज म्यारी कम्पाओर, नेदरल्याण्डका पूर्वसांसद ह्यारी आर्टस, इन्डोनेसियाका पूर्वसांसद इमाम सुरोसो, फ्रान्सका पूर्वसांसद पत्रिच डेभेडजीनको पनि कोरोनाका कारण मार्च महिनामा निधन भयो । मार्चमै गणतन्त्र कंगोका पूर्वप्रधानमन्त्री तथा पूर्वराष्ट्रपति जोयचिम योम्बी ओपाङ्गोले मार्च ३० मा संसार छाड्नुभयो । 

अप्रिल लागेकै दिन सोमालियाका पूर्वप्रधानमन्त्री नुर हसन हसेन र सर्बियाका पूर्ववातावरण संरक्षण मन्त्री ब्रानिस्लाभ ब्लाजिकको कोरोनाकै कारण निधन भयो । हुसेनको उपचारका क्रममा बेलायतमा निधन भएको हो । सन् २०११ मा लिबियामा कार्यबाहक प्रधानमन्त्री बनेका मोहम्मद जिब्रिलको अप्रिल ५ मा इजिप्टको कायरोमा निधन भयो । 

त्यसैगरी अमेरिकाको विभिन्न राज्यका पूर्वराज्यसभा सदस्यहरू पनि कोरोनाको शिकार भएका छन् । स्पेनका पूर्वअम्बुड्सम्यान तथा पूर्वन्याय मन्त्री इन्रीक मुगीका र चिलीका पूर्वगृहमन्त्री सेर्गियो ओनोफ्रे जार्पाको क्रमशः अप्रिल १० र १९ तारिखमा निधन भयो । 

युरोपेली संसद, क्याटलोनिया, ब्राजिल, अमेजन, हंगेरी, फिलिपिन्स, भेनेजुएला, इराक, दक्षिण अफ्रिका, होन्डुरस, लगायतका देशमा पनि प्रदेश तथा केन्द्रीय संसदका धेरै पूर्वसांसदहरूले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । मृत्यु भएका पूर्वसांसदहरू मध्ये भारत, अमेरिका र ब्राजिलका धेरै रहेका छन् । 

ग्रीसका पूर्वस्वास्थ्य मन्त्री दिमित्रिस क्रेमास्तीनोस, बंगलादेशका पूर्वउर्जा मन्त्री अन्वारुल कबिर तालुक्दार, बंलादेशकै पूर्वस्वासथ्य तथा परिवार कल्याण र पूर्वगृह मन्त्री मोहम्मद नसिम, सिरियाका पूर्वसंस्कृति मन्त्री रियाद इस्माट, किगिस्तानका पूर्वन्याय मन्त्री मुकर चोल्पोन्बययेभ, रुसका पूर्वउर्जा मन्त्री भ्लादिमिर लोपुखीम, गुटेमालाका पूर्वविदेश मन्त्री हारोल्डो रोडासलगायतका धेरै देशका पूर्वमन्त्रीहरूलाई पनि कोरोनाका कारण गुमाउनु परेको छ । पाकिस्तानी सिनेटका पूर्वउपाध्यक्ष सयद फजाल अघाको पनि कोरोनाका कारण निधन भएको छ । 

बंलादेशमा एक जना बहालवाला रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधारीको जुन २९ मा कोरोनाको उपचारका क्रममा मृत्यु भएको थियो । जुलाईको १३ तारिखमा यमनका पूर्वकार्यबाहक प्रधानमन्त्री हसन अल लावजीको निधन भयो भने उज्वेकिस्तानको संसदका पूर्वअध्यक्ष मुसा येर्नीयाजोभको जुलाई ३१ मा निधन भयो । फिलिपिन्सको निर्वाचन आयोगका पूर्वअध्यक्ष सिक्सटो ब्रीलान्टेजले पनि कोरोनाकै कारण जीवन गुमाउनु भयो ।  

कोरोनाका कारण निधन भएका विश्वका ठूला मान्छेको सूचीमा भारतका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको नाम पनि रहेको छ । सन् २०१२ देखि २०१७ सम्म भारतको १३ औं राष्ट्रपति बनेका मुखर्जीको अगस्ट ३१ मा निधन भएको हो । 

उल्लेख गरिएका बाहेक पनि धेरै नेता, कवि, कलाकार, राजनीतिज्ञहरूले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । कतिपय नेताहरू जनताको सेवाकै लागि खटिरहेका बेला कोरोनाबाट संक्रमित भएका थिए भने कतिपय नेताहरू बृद्ध अवस्थामा भएकाले कोरोनालाई जित्न सकेनन् । 


कस्तो लाग्यो ?

यो पनि