बैशाख २७, २०८१, बिहीबार
               

डब्लुएचओ भन्छ:  एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन एक वर्ष लाग्न सक्छ

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन एक वर्षसम्म कुर्नुपर्ने बताएको छ । 

योसँगै नेपाललगायत एसियाली मुलुकले कोरोनाविरुद्धको खोप आउन समय लाग्ने सम्भावना बढेको छ । खोपको विकास र प्रभावकारिताको अवस्था अझै परीक्षणकै क्रममा रहेको जनाउँदै बिहीबार संगठनले सो कुरा बताएको हो । 

 डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेसी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँग कुराकानी गर्दै यस क्षेत्रमा खोप आउन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि