बैशाख २०, २०८१, बिहीबार
               

बेलायतमा कोरोनाविरुद्धको खोप लिने दुई जनामा एलर्जी समस्या देखियो

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

बेलायतमा फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप लिने दुई जनामा एलर्जी देखिएको छ। 

द गार्डियनका अनुसार मंगलबार खोप लिएका दुई जनालाई एलर्जीको समस्या देखिएको हो । कोरोना भाइरसविरुद्ध खोप लिएकामा एलर्जीको समस्या देखिएसँगै बेलायतको औषधि तथा स्वास्थ्यसेवा नियामक निकायले कुनै प्रकारको एलर्जी भएका वा हुने मान्छेहरूलाई सो खोप नलिन आह्वान गरेको छ । 

द गार्डियनका अनुसार खोप लगाएपछि असर देखिएका दुवै जना राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारी हुन् । 

एजेन्सीले एनएचएसलाई कुनै पनि औषधि, खाना वा खोपबाट एलर्जी हुनेलाई खोप नदिन अनुरोध गरेको हो। एनएचएसले पनि खोप वितरण गर्ने कार्यक्रममा सहभागी सबैलाई जानकारी गराइसकेको छ।

बेलायतले मंगलबारदेखि फाइजरले बनाएको खोप लगाउन थालेको हो ।


कस्तो लाग्यो ?

यो पनि