जेठ ०७, २०८१, सोमबार
               

काठमाडौं महानगरपालिकाले आजबाट निःशुल्क कोरोना परीक्षण गर्दै

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना परीक्षण गर्दै छ । महानगरपालिकाले कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न लागेको हो । 

सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्ने कार्यलाई पुनः सुरु गर्न लागेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर शाक्यले पुनः स्वाब संकलन सुरु गर्न लागेको बताए ।

उनका अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको छ ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको जानकारी दिँदै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर परीक्षण गर्न अनुरोध गरेका छन् ।

यो पनि