जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण नेपालमा थप १७ जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण नेपालमा  पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्याका अनुसार देशका विभिन्‍न जिल्लामा गरी कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा संक्रमित भने दुई हजार १०३ जना थपिएका छन् । योसँगै संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ३३ हजार ५५९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा दुई हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ८५ हजार ६३८ जना पुगेको छ ।

देशभरि सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७६७ जना क्‍वारेन्टाइनमा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि