जेठ ०५, २०८१, शनिबार
               

भीम अस्पतालमा एक कोरोना संक्रमितको शौचालयमा मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

रुपन्देही । भैरहवास्थित भीम अस्पतालको शौचालयमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।यसरी मृत्यु भएका रुपन्देहीको तिलोत्तमाका कोरोना संक्रमित हुन् । 

कोरोना संक्रमण पुष्टिपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालियभित्रै अक्सिजन अभावमा मृत्यु भएको बताइएको छ। 

उनमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वास प्रश्वासमा समस्या भएपछि २९ गते उनलाई सो अस्पताल लगिएको थियो । 

उनलाई भर्ना भएकै राति प्लाज्मा थेरापी र रेम्डिसिभिरसमेत चलाइएको थियो ।

तर, मृतकका आफ्नतले उनको मृत्युप्रति आपत्ति जनाएका छन् । मृतकका आफन्तले संक्रमित बिरामी शौचालयमा झण्डै दुई घण्टा समय बस्दा पनि अस्पतालले थाहा नपाउनुलाई गम्भीर लापरवाही भएको आरोप लगाएका छन् ।

उनले यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आफूहरुको माग रहेको बताए । तर अस्पतालका डाक्टरले भने बढीमा २० मिनेट शौचालयमा रहेको दाबी गरे ।

यो पनि