बैशाख २६, २०८१, बुधबार
               

वीर अस्पतालका चिकित्सकको आन्दोलन जारी

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं ।वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलन जारी राखेका छन् । 

आफूहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायत माग राख्दै कात्तिक २ गतेबाट सुरु गरेका थिए । 

कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोबल गिराउने काममा सरकार लागि परेको उनीहरुको आरोप छ । उनीहरुले ३१दिनसम्म आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।  

भएको आन्दोलन ३१ औं दिनमापनि जारी रहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । 

आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधा समेत पदाधिकारीहरुले नदिने गरेको आरोप लगाउँदै आएका छन् । कर्मचारीहरुले पाउनुपर्ने तलब भत्ता पदाधिकारीहरुले खाइरहेको उनीहरुको भनाइ छ । 

चिकित्सकहरुले विरामीहरुको उपचारसँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडि बढाएका छन् । आफ्ना माग पुरा नभए बिहीबार थप कडा आन्दोलन गर्ने चेतावी पनि उनीहरुले दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि