दार्चुला । दार्चुला दुहु गाउँपालिका–२ का मृतक ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका उनमा परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । उनी विगत केही दिनदेखि उनमा श्वासप्रश्वास समस्याबाट पीडित थिए ।
जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा बैतडीको सतबाजमा मृत्यु भएको थियो ।उनी नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका कर्मचारी हुन् ।
यसैबीच जिल्ला अस्पतालको आकस्मिक र प्रसूति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ । युवकको उपचारमा अस्पतालका कर्मचारी खटिएका कारण कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले आकस्मिकबाहकेका सबै सेवा बन्द गरेको छ ।