जेठ ०९, २०८१, बुधबार
               

जुम्ला अस्पतालमा  भेन्टिलेटर थप

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

स्वास्थ्य सेवा विभागले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पताल जुम्लालाई दुईवटा भेन्टिलेटर उपकरण प्रदान गरेको छ ।  प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले कर्णालीमा कोरोना सङ्क्रमितको उपचारलाई थप सहज बनाउन स्वास्थ्य सेवा विभागले अस्पताललाई दुईवटा पोर्टल भेन्टिलेटर उपलब्ध गराएको जानकारी दिए ।  यसबाट बिरामीलाई थप उपचार गर्न  सजिलो भएको अस्पतालका निर्देशक डा मंगल रावलले बताए । प्रतिष्ठानमा १० वटा आईसोलेशन  र ६ वटा भेन्टिलेटर  रहेका थिए । 

अब  प्रतिष्ठानमासँग आठ भेन्टिलेटर भएको प्रतिष्ठानले जनाएको छ । जुम्लामा  लक्षण सहितका कोरोनाका बिरामी बढ्न थालेपछि भेन्टिलेटरको थप आवश्यकता हुँदै गएको थियो ।  यस अघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समेत जिल्लामा भेन्टिलेटरको  माग गर्ने निर्णय समेत गरेको थियो ।  जिल्लामा अहिलेसम्म ३७९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।

यसैबीच प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले प्रतिष्ठानको शैक्षिक उन्ननय,विशेषज्ञ सेवा तथा चिकित्सकीय थप उपकरण व्यवस्थापनमा उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए । उनले भने,“प्रतिष्ठानको उन्ननयनका लागि प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी एकजुट हुनुपर्दछ । ” 


कस्तो लाग्यो ?

यो पनि