जेठ ०५, २०८१, शनिबार
               

कोरोना पुष्टि भई अस्पताल भर्ना भएका केसीको स्वास्थ्यमा सुधार हुँदै

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केसीको पारिवारिक स्रोतका अनुसार बुधबार अध्यक्ष केसीको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । केही दिनदेखि अस्वस्थ रहेका केसीमा  लगभग एक महिनादेखि रुघा, खोकी तथा ज्वरोले सताइरहेको थियो । 

बुटवलमा रहेका केसीमा यस्तव समस्या देखिएपछि पिसिआर परीक्षण गरिएको, तर रिपोर्ट भने नेगेटि आएको थियो ।यद्यपि उनको स्वास्थ्यमा सुधार नभएपछि उनी मंगलबार काठमाडौं आएका थिए।

मंगलबार नै उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। सो अस्पतालका अनुसार हाल उनको स्वास्थय अवस्था सुधार हुँदै गइरहेको छ । 

यो पनि