जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप १८ जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय २६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार पाँच सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा उल्लेखित संख्या कोरोना संक्रमित पहिचान भएका हुन् । 

यससँगै कुल संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि