बैशाख ३०, २०८१, आइतबार
               

कोरोनाका कारण कैलालीमा दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

कैलाली ।कोरोना संक्रमणका कारण कैलालीमा दुई जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

कात्तिक २०मा कोरोना पुष्टि भएका टीकापुरका पुरुष होमआइसोलेसनमा बसिरहेका थिए ।नगरपालिका स्वास्थ्य शाखाका अनुसार होम आइसोलेसनमा रहेका उनको मृत्यु भएको हो । 

धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो । शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमबार बिहान मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि