बैशाख २२, २०८१, शनिबार
               

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनकुटाको पाख्रीबास ३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा आज (आइतबार) मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। 

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार वृद्धको दिउँसो १ बजेर ५ मिनेटमा मृत्यु भएको हो । 

कार्तिक २० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि ती वृद्धलाई हिजो (२२ गते) प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।  

उनको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि