बैशाख २२, २०८१, शनिबार
               

लमजुङमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

लमजुङ । लमजुङमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार उनको मृत्यु भएको हो । अस्पतालकाअनुसार लमजुङको मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरूषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखापरेको थियो । 

बिरामी भएसँगै मेडिकल कलेजमा भर्ना भएका उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कात्तिक २३ मा मेडिकल कलेजको कोभिड आइसियुकक्षको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि