बैशाख २२, २०८१, शनिबार
               

दुईजना कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । दुईजना कोरोना संक्रमित महिलाको धरानमा मृत्यु भएको छ । सुनसरीस्थित धरान–९ निवासी ६७ वर्षीया र वडा नम्बर १६ निवासी ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

६७ वर्षीया महिला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थिइन् । दीर्घ रोग रहेकी महिलाकात्तिक १८ गते भर्ना भएको अस्पतालको भनाइ छ ।

मृतक ती महिलामा यही कार्तिक १९ गते कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । साथै ८१ वर्षीया महिलामा पनि उच्च रक्तचाप रहेको अस्पताले बताएको छ। कात्तिक १९ गते कोरोना पुष्टि भएपछि उनी २० गते कोभिड अस्पतालमा भर्ना भएको बताइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि