बैशाख २६, २०८१, बुधबार
               

खर्च अभाव हुँदा काठमाडौंको केएमसी अस्पतालबाट सिन्धुली फर्काइएका कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–५ जरायोटारका ४८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । 
कात्तिक ११ मा कोरोना संक्रमण पुष्टि भएका ती पुरुष कात्तिक १६मा आफ्नै घरमा लड्दा अर्धचेत भएका थिए ।  उनलाई सोही अवस्थामा उपचारका लागि काठमाडौं ल्याइ केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।

तर, उनलाई उपचारका लागि दैनिक ४५ हजार खर्च लाग्ने  बताएपछि सो रकम तिरेर उपचार गर्न नसक्ने भएपछि बिरामीलाई फन्तले फर्काएर सिन्धुली अस्पताल पुर्‍याएका थिए । 

बुधबार राति ९ बजेतिर सिन्धुली अस्पताल पुर्‍याइएका उनको बिहीबार बिहान मृत्यु भएको हो ।

यो पनि