बैशाख २४, २०८१, सोमबार
               

धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

धरान । धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा सप्तरीका दुई जना र मोरङका एक जना छन् । सप्तरीको राजविराज-१ की २३ वर्षीया युवतीको बिहीबार र सप्तरीकै राजविराज-८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

२३ वर्षीया युवतीमा कात्तिक १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मजस्ता रोगबाट पीडित थिइन् । 

६५ वर्षीय पुरुषमा भने कात्तिक १५ गते संक्रमण पुष्टि भएको थियो ।   सोही दिन उनी अस्पताल भर्ना भएका थिए । त्यसैगरी, कात्तिक ९  गते अस्पतालमा भर्ना भएका मोरङका ५९ वर्षीय पुरूषमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको छ । डा. श्रेष्ठका अनुसार उनी हाइपरटेन्सन र मुटुका रोगी थिए ।

यो पनि