बैशाख २७, २०८१, बिहीबार
               

नौ वर्षीया बालिकासहित दुई संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमित ९ वर्षीया बालिका र ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिकाको आज बिहान ३:२५ बजे मृत्यु भएको हो । 

कात्तिक १७ गते ती बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई १८ गते अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

त्यसैगरी धरान–१ सुनसरीकी ६१ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनलाई कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । 

श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि