बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाबाट पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको मृत्यु भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेकी उनको आज बिहान मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

यही बडादशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको समयमा स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार (आज) मृत्यु भएको हो । उनि माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित भएको पनि पारिवारीक स्रोतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि