जेठ ०५, २०८१, शनिबार
               

सोमबार थपिए २ हजार ९३३ संक्रमित

नेपाल फ्ल्यास
कात्तिक १७, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप २९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार ५०० पुगेको छ । साथै हाल देशभर ३७ हजार ५२४  जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा ३१ सय ५० जना कोरोना संक्रमित कोरोना मुक्त (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ३७ हजार ९९२ पुगेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ९८४  पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि