काठमाडौं । रुपन्देही र पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार र पाल्पाको तानसेन नगरपालिका-२ का ६० वर्षीय पुरुषको मंगलबार भएको हो । असोज ६ मा कोरोना संक्रमण पुष्टि भएकी ७१ वर्षीया ती महिलालाई बुटवल धागो कारखाना कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
उनको आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी क्यान्सरबाट पीडीत थिइन् ।
त्यसैगरी, तानसेनका पुरुषमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ११ मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।