बैशाख २२, २०८१, शनिबार
               

कोरोनाका कारण १९ वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

गोरखा । गोरखा बारपाक सुलिकोट गाउँपालिका- १ कि १९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । 

कोरोना संक्रमित उनको चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।भरतपुर अस्पतालका अनुसार उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।उनमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थयो भने उनी ६ गते सो अस्पताल भर्ना भएकी थिइन् । उनमा स्वासप्रश्वासमा समस्या देखिएसँगै आइसियुकक्षमा राखी उपचार गरिएको थियो । 

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखी उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु उनको भएको बताइएको छ । सो कुरा अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको हो । सो विज्ञप्तिमा उनी सुत्केरी भएको १९ दिन मात्रै भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि