बैशाख २२, २०८१, शनिबार
               

मंगलबार थप ५७० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको कुल दुई हजार ७२५ नमुना परीक्षणका क्रममा उल्लेखित संख्यामा कोरोना संक्रमित पहिचान भएका हुन् ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । जसमध्ये एक लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भई घर फर्केका छन् । 

त्यसैगरी, पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि