बैशाख २३, २०८१, आइतबार
               

रुपन्देहीमा थप दुई संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

रुपन्देही । रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा–११ की ५० वर्षीया महिला कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

त्यस्तै बुटवल–१३ का ५२ वर्षीय पुरुषको पनि मृत्यु भएकाे छ । कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि