बैशाख २२, २०८१, शनिबार
               

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

धरान । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।  

प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठका अनुसार  मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई यही कात्तिक ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

उनको स्वास्थ्यमा समस्या भएपछि आइतबार नै अस्पताल भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि