बैशाख २२, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८९४ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८९४ संक्रमित पहिचान भएका छन् । जसमा ३८० महिला र ५१५ पुरुष छन् ।

देशभर पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कुल पाँच हजार ६ को पिसिआर परीक्षण गर्दा उल्लेखित संख्यामा  कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १०६४ पुरुष तथा ६७७ महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना उल्लेख गरेको छ । मन्त्रालयका अनुसार हाल ४३ हजार २९३ जना सक्रिय संक्रमित छन् । यही अवधिमा चार हजार पाँच जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या एक लाख १५ हजार ६७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ८६२ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर ०.५ प्रतिशत रहेको छ ।

हाल ३२ हजार ६०७ जना होम आइसोलेसनमा छन् भने २८५ जनाको आइसियू तथा ६४ जनाको भेन्टिलेटरमा  उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि