बैशाख २२, २०८१, शनिबार
               

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनहुँका एक कोरोना संक्रममितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  तनहुँका एक कोरोना संक्रममितको मृत्यु भएको छ ।

सोमबार शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  ५० वर्षीय मृतकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृतक पुरुषमा कात्तिक ८ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो  । उनी निमोनियालगायत समस्याबाट पीडित थिए । उनको मृत्युसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । त्यसैगरी, गण्डकी प्रदेशमा हालसम्म कोरोनाका कारण  ६८ जनाको मृत्यु भएको छ ।

यो पनि