जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप पाँच जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण नेपालमा पछिल्लो २४ घन्टामा थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप पाँचजनाकाे मृत्यु भएको हो । योसँगै नेपालमा काेराेना संक्रमणबाट हुनेको संख्या आठ सय ४७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घन्टामा तीन हजार तीन सय ३६ जना डिस्चार्ज भई घर फर्किएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख आठ हजार तीन सय ३४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा नेपालमा थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय ४७ पुगेको उल्लेख गरेको छ। 


कस्तो लाग्यो ?

यो पनि